Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्सको नाफामा छलाङ, तीन महिनामै कमायो साँडे ३४ करोड

शुक्रबार, ०५ कार्तिक २०७३, १५ : १५ मा प्रकाशित

सिटिजन्सको नाफामा छलाङ, तीन महिनामै कमायो साँडे ३४ करोड


अर्थ संसार
काठमाडौँ–सिटिजन्स बैंक इन्टरनेशलनले चालु आर्थिक बर्षको पहिलो क्वार्टरको नाफमा छलाङ मारेको छ ।  बैंकले पहिलो तीन महिनामा खुद मुनाफा १४१ प्रतिशतले बढाएको प्रतिवेदन सार्बजनिक गरेको छ । यस अबधिमा बैंकले ३४ करोड ५१ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो बर्षको पहिलो त्रैमासिकमा १४ करोड २७ लाख ८० हजार रुपैयाँ मात्र खुद मुनाफा कमाएको थियो ।

बैंकके सम्भावित जोखिममा छुट्याएको रकमबाट ४४ करोड ५८ लाख रुपैयाँ राइट ब्याक गरेकाले नाफा निकै बढेको हो । गत बर्षको यसै अबधिमा बैंकले ७ करोड ८८ लाख रुपैयाँ राइट ब्याक गरेको जनाएको छ । बैंकको ब्याज आम्दानी २२ करोड रुपैयाँले र ब्याज खर्च ९ करोड रुपैयाँले बढाएको जनाएको छ । खुद ब्याज आम्दानी १३ करोड रुपैयाँले बढेको हो।
हेर्नुहोस् सिटिजन्सको त्रैमासिक रिपोर्ट 
 

5809e223500c1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको