Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकको ऋणपत्र असार ३१ गतेदेखि बजारमा आउँदै, व्याजदर कति ?

अर्थ संसार

बुधबार, २३ असार २०७८, ११ : ४५ मा प्रकाशित

माछापुच्छ्रे बैंकको ऋणपत्र असार ३१ गतेदेखि बजारमा आउँदै, व्याजदर कति ?

माछापुच्छ्रे बैंक लिमिटेडले असार ३१ गते आइतबारबाट ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।जसमध्ये बैंकले १२ लाख कित्ता सर्वसाधारणका लागि र १८ लाख कित्ता व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ । यसैगरी, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । 

बैंकले १० वर्ष अवधिकाे ८.५० प्रतिशत व्याजदर भएकाे ऋणपत्र निष्कासन गर्न लागेकाे हाे । 

काे हाे बिक्री प्रबन्धक ?

बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

कति दिने आवेदन ?

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कहिलेसम्म दिने आवेदन ?

असार ३१ गते आइतबारबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा साउन ४ गते र ढिलोमा साउन १७ गतेसम्मसम्म आवेदन दिन सकिनेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको