Like us!
Follow us!
Connect us!
Watch us!

बैंक खाता कुल जनसंख्याभन्दा अधिक

पत्रपत्रिका

शुक्रबार, २५ असार २०७८, ०८ : ४३ मा प्रकाशित

बैंक खाता कुल जनसंख्याभन्दा अधिक

कुल जनसंख्याको दाँजोमा बैंक तथा वित्तीय संस्थामा बचत-निक्षेप खाता खोल्नेको संख्या अधिक छ । जनसंख्याको आधारमा बैंकहरूमा रजिस्टर्ड (दर्ता) खाता १ सय ६ दशमलव ५ प्रतिशत रहे पनि अझै सबै नागरिकमा बैंकको पहुँच पुगेको छैन ।

एउटै व्यक्तिले दुई वा त्योभन्दा बढी बैंकमा खाता खोल्ने प्रवृत्तिले कुल जनसंख्याभन्दा खातासंख्या अधिक देखिएको हो । २–३ ओटा बैंकमा खाता खोल्ने तर सबै खातालाई नियमित सञ्चालन नगरेकाले धेरै खाता निष्क्रिय रहेका छन् ।

पछिल्लो जनगणनाअनुसार नेपालको कुल जनसंख्या दुई करोड ९९ लाख ७४ हजाार ३ सय ६० रहेको छ । बैंकहरूको कुल रजिस्टर्ड खाता भने तीन करोड १९ लाख १० हजार हाराहारीमा पुगेको छ । तर, साढे ७७ प्रतिशत खाता मात्र सक्रिय छन् । बाँकी साढे २२ प्रतिशत खाता निष्क्रिय रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकमा निक्षेप खाता खोल्ने अर्थात् रजिस्ट्रेशन गर्ने तर नियमित सञ्चालन नगर्ने निष्क्रिय ९डोरमेन्ट० खाताको संख्या चालू आर्थिक वर्ष (आव) को वैशाखसम्ममा ७१ लाख ८१ हजार रहेको छ । २ करोड ४७ लाख २९ हजार खाता सक्रिय रूपमा नियमित सञ्चालनमा छन् ।

लिंगगत आधारमा हेर्दा पुरुषहरूको खाता नियमित सञ्चालनमा बढी देखिएको छ । महिलाहरूको कम छ । हालसम्म कुल सक्रिय खातामध्ये ४५ दशमलव ५४ प्रतिशत अर्थात् १ करोड ४५ लाख ३२ हजार पुरुषको खाता नियमित सञ्चालनमा रहेको छ । कुल सक्रिय खातामध्ये दशमलव ३१ दशमलव ९५ प्रतिशत अर्थात् एक करोड एक लाख ९७ हजार महिलाको खाता नियमित सञ्चालनमा रहेको छ ।

राष्ट्र बैंकको नीतिगत व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाहरूले तीन वर्षसम्म कारोबार नभएका बचत खातालाई निष्क्रिय (डोरमेन्ट) खातामा राख्नुपर्छ । ६ महीना कारोबार नभएका चल्ती खाता र कल (तुरुन्तै भुक्तानी पाइने) खातालाई निष्क्रियमा राख्ने गरिएको छ । 

राष्ट्र बैंकको नीतिगत व्यवस्थाअनुसार बैंक वा वित्तीय संस्थाले १० वर्षदेखि चल्ती नभएको वा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम हक दाबी नपरेको निक्षेप खाताहरूको विवरण प्रत्येक आर्थिक वर्षको पहिलो महीनाभित्र केन्द्रीय बैंकमा पठाउनुपर्ने छ । साथै, यस प्रकारको निक्षेप रकम लिन आउने सूचना सम्बद्ध बैंक वा वित्तीय संस्थाले प्रत्येक ५ वर्षमा एकपटक राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने र यसको विस्तृत विवरण आफ्ना वेबसाइटमा समेत राख्नुपर्ने व्यवस्था छ ।

२० वर्षसम्म बुझ्न नआएको वा कसैको हकदाबी पर्न नआएको निक्षेप रकम भने राष्ट्र बैंकको बैंकिङ विकास कोष’ मा जम्मा हुने व्यवस्था छ । तर, सरकारी स्वामित्वका बैंकबाहेक अरू बैंक सञ्चालनको अवधि धेरै नभएकाले २ दशक अवधिका निष्क्रिय खाता भने खासै नभएको र यसको यकिन गणना भने नभई सकेको राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले जानकारी दिए ।

आर्थिक अभियान दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको