Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफले सेयर संरचना परिवर्तन गर्ने

अर्थ संसार

शनिबार, २६ असार २०७८, ११ : ०५ मा प्रकाशित

गुराँस लाइफले सेयर संरचना परिवर्तन गर्ने

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी नेपाल  लिमिटेडकाे संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत हुने भएको छ ।  

बीमा समितिकाे स्वीकृति बमाेजिम संस्थापक सेयरको अनुपात ७० प्रतिशत रहेकोमा ६० प्रतिशतमा कायम गर्ने भएकाले सोही अनुपातमा सम्पूर्ण संस्थापक शेयरधनीहरुको संस्थापक सेयर कायम गरी बाँकी रहेको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्न लागेको जानकारी दिएकाे छ ।

त्यसैगरी, कम्पनीले संस्थापक सेयरलाई साधारण सेयरमा परिवर्तन गर्न नचाहाने संस्थापक शेयरधनीहरूलाई साेही अनुसारकाे स्व:घोषणा गरी यस सूचना प्रकाशन भएकाे ७ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा लिखित जानकारी गराउन अनुराेध गरेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60e9314816e16.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको