Like us!
Follow us!
Connect us!
Watch us!

गाेर्खाज फाइनान्ससहित २ कम्पनीको सेयरमा सकारात्मक सर्किट

नेप्से

आइतबार, २७ असार २०७८, १२ : ४१ मा प्रकाशित

गाेर्खाज फाइनान्ससहित २ कम्पनीको सेयरमा सकारात्मक सर्किट

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजारमा उत्साह छाएकाे छ । सबै परिसूचकहरूमा हरियाली छाएकाे छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा फाइनान्स कम्पनीहरूमा लगानीकर्ताकाे आकर्षण देखिएकाे छ । हालसम्म २ वटा फाइनान्स कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ भने ४ वटा फाइनान्सकाे सेयर सर्किट लेभलमा काराेबार भइरहेकाे छ ।

आइतबार श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड र गाेर्खाज फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेको हो ।  श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ५१ रूपैयाँमा पुगेकाे छ । त्यस्तै, गाेर्खाज फाइनानस कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार एक सय ३३ रूपैयाँ पुगेकाे छ ।

त्यसैगरी,  अन्य ४ वटा कम्पनीको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ । मल्टीपर्पस फाइनान्स, समृद्धि फाइनान्स, प्राेग्रेशिभ फाइनान्स र सेन्ट्रल फाइनान्सकाे सेयर सकारात्मक सर्किट लेभलमा काराेबार भइरहेकाे छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ५६.१० अंकले बढेर २८८१.२१ विन्दुमा पुगेकाे छ ।

60ea97d2e9827.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको