Like us!
Follow us!
Connect us!
Watch us!

प्रिमियर इन्स्योरेन्सको लिलामी सेयर बिकेन, मूल्य घटाएर पुन: बिक्रीमा

अर्थ संसार

आइतबार, २७ असार २०७८, १३ : २३ मा प्रकाशित

प्रिमियर इन्स्योरेन्सको लिलामी सेयर बिकेन, मूल्य घटाएर पुन: बिक्रीमा

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले फेरि आज (असार २७ गते, आइतबार) बाट संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । कम्पनीले यसअघि पनि असार १६ गते बुधबारदेखि असार २५ गते, शुक्रबारसम्म न्यूनतम मूल्य ६ सय रुपैयाँ तोकेर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । उक्त अवधिमा बिक्री नभएपछि फेरि बिक्रीमा ल्याएकाे हाे ।

कम्पनीले ५ लाख ४८ हजार २५ कित्ता संस्थापक सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हाे । उक्त सेयरको न्यूनतम मूल्य ५ सय ५० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरि बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम ५ सय कित्ता र अधिकतम सबै कित्ताको लागि साउन ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, उक्त सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाहरुले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडाैँमा आइपुग्ने गरि आवेदन पेश गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारकाे छ :

60eaa296635ff.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको