Like us!
Follow us!
Connect us!
Watch us!

निरन्तर घटेको बजारको गतिलो बाउन्स ब्याक, कारोबार रकममा समेत वृद्धि

नेप्से

आइतबार, २७ असार २०७८, १४ : ५५ मा प्रकाशित

निरन्तर घटेको बजारको गतिलो बाउन्स ब्याक, कारोबार रकममा समेत वृद्धि

यस साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजारमा चमक देखा परेकाे छ । असार १ गते मंगलबार नियामक निकाय नेपाल धिताेपत्र बाेर्डले ५१ वटा कम्पनीकाे नामसहित विज्ञप्ति सार्वजनिक गरेकाे हुनाले सेयर बजारमा त्यसकाे प्रत्यक्ष प्रभाव परेकाे थियाे । सेयर बजार नकारात्मक हुँदै गएपछि लगानीकर्ताहरू पनि निराश भएका थिए । तर अब फेरि सेयर बजार लयमा फर्किएकाे देखिएकाे छ । गत बिहीबारबाट फेरि नेप्सेमा हरियाली छाएको छ । सेयर बजारमा हरियाली छाएसँगै लगानीकर्ताहरू पनि उत्साहित बनेका छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ७३.३३ अंकले बढेर २८९८.४३ मा पुगेकाे छ । नेप्से २.६० प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १३.५१ अंकले बढेर ५४३.१६ मा पुगेको छ । कूल २२५ वटा कम्पनीकाे ३ करोड १५ लाख ८८ हजार ८ सय ५० कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४ सय ९६ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

60eabcea46e47.jpg

60eabcfc1bf8c.jpg

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे परिसूचक बढेकाे छ ।

60eabd086b155.jpg

त्यसैगरी, आइतबार फाइनान्स कम्पनी र विकास बैंककाे सेयरमा लगानीकर्ताकाे आकर्षण बढेकाे देखिएकाे छ । सर्वाधिक नाफा कमाउने कम्पनीहरूमा अधिकांश फाइनान्स कम्पनी र विकास बैंकहरू परेका छन् । यी दुवै उपसमूहकाे परिसूचक पनि उच्च अंकले वृद्धि भएकाे छ ।

यस दिन ३ वटा फाइनान्स कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड, गाेर्खाज फाइनान्स कम्पनी लिमिटेड र आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

आइतबार सर्वाधिक कारोबार हुने १० कम्पनीहरूमा क्रमश : एनआइसी एशिया बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड, हिमालयन डिष्टिलरी, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, ज्योति विकास बैंक लिमिटेड, नेपाल पूनर्बीमा कम्पनी लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेड रहेका छन् ।

60eabd0f63f9f.jpg

आइतबार सर्वाधिक नाफा कमाउने १० कम्पनीहरूमा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड, गोर्खाज फाइनान्स कम्पनी लिमिटेड, आईसीएफसी फाइनान्स कम्पनी लिमिटेड, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड, मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, महालक्ष्मी विकास बैंक लिमिटेड, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, गुडविल फाइनान्स कम्पनी लिमिटेड र हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् ।

60eabd1c6b341.jpg

आइतबार सर्वाधिक नाफा गुमाउने कम्पनीहरूमा कर्पोरेट डेभलपमेन्ट बैंक, ओरियन्टल होटल र अपर तामाकोशी रहेका छन् । यी बाहेक घट्ने अन्य कम्पनीहरूमा म्युचुअल फण्ड र डिबेञ्चर परेका छन् ।

60eabd250dec3.jpg

असार २५ गते सकिएसँगै ठूला व्यवसायीहरूकाे कर तिर्ने चाप पनि घटेकाे छ । त्यसैले पनि अब सेयर बजार बढ्ने संकेत देखिएकाे छ । माैद्रिक नीति सार्वजनिक गर्ने समय पनि नजिकिएकाे छ । याे सकारात्मक भएमा बजार अझै माथि जाने देखिन्छ । अहिले बैंक र इन्स्याेरेन्सहरूकाे कमाइ पनि राम्राे छ । अब असार सकिएपछि फेरि सूचीकृत कम्पनीहरूकाे चाैथाे त्रैमासकाे वित्तीय विवरणहरू पनि धमाधम सार्वजनिक हुन थाल्नेछ । यी सबै कुरा हेर्दा बजार माथि नै जाने अनुमान लगाउन सकिन्छ ।

याे पनि :

कुन कम्पनीको Demand बजारमा देखिन्छ? बजार अब कता? Technical forecast | Ashad 27-31 | Share Tech Funda

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको