Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड आज, करिब २० लाखको हात खालि हुने

अर्थ संसार

सोमबार, २८ असार २०७८, ०५ : ५३ मा प्रकाशित

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड आज, करिब २० लाखको हात खालि हुने

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँड आज सोमबार बिहान ९ः३० बजे सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको केन्द्रिय कार्यलय काठमांडौमा हुनेछ । संस्थाले असार १७ गते देखि २१ गतेसम्म आईपिओमा बिक्री खुल्ला गरेको थियो । 

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो । 

अन्तिम दिनसम्म कम्पनीको आईपिओमा २० लाख ३६ हजार २४५ जना आवेदकबाट  २ करोड ६५ लाख ७४ हजार ०५० कित्ताको लागि आवेदन परेको थियो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । अन्तिम तथ्यांकलाई हेर्दा ग्रोलाप्रथाबाट वितरण गर्दा उक्त कम्पनीको आईपिओ भाग्यमानी ३६ हजार ३४५ जना आवेदकहरुले मात्र पाउनेछन् भने १९ लाख ९९ हजार ९०० आवेदकको हात खाली हुने निश्चित छ  ।

संस्थाको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको थियो । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । संस्थाले असार ६ गते नेपाल धितोपत्र बोडैबाट आईपिओ निष्काशनको अनुमति आएको थियो ।  

संस्थाको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २५० प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा रू। ९५ लाख ६ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू। ३ करोड ३२ लाख ८३ हजार कमाएको छ ।

चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र रू। ७२ करोड ९४ लाख खराब कर्जा उठाएकाले नाफा बढ्न टेवा पुगेको हो ।  
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १७ गतेबाट सर्वसाधारणका लागि साधारण सेयर ९आईपिओ० निष्काशन गर्ने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको