Like us!
Follow us!
Connect us!
Watch us!

सर्वाेच्चकाे फैसलाले सेयर बजारमा पहिरो, आगामी यात्रा के होला ?

नेप्से

सोमबार, २८ असार २०७८, १४ : ५६ मा प्रकाशित

सर्वाेच्चकाे फैसलाले सेयर बजारमा पहिरो, आगामी यात्रा के होला ?

साताकाे दाेश्राे कारोबार दिन आज (सोमबार) फेरि सेयर बजारले ओरालो यात्रा तय गरेको छ । नेप्से परिसूचकमा भारी अंककाे गिरावट देखिएकाे छ । तर काराेबार रकममा भने वृद्धि भएकाे छ । 

गत बिहीबार र हिजाे (आइतबार) दुवै दिन बजार बढेकाे थियाे । आज पनि सुरूवाती घण्टामा बजार बढेकाे थियाे । सर्वोच्च अदालतले संसद विघटन बदर गरेसँगै सेयर बजारमा पनि त्यसकाे प्रभाव परेकाे हाे ।  सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । प्रधानन्यायधीश चोलेन्द्र शम्शेर ज.ब.रा. र न्यायधीशहरु दीपककुमार कार्की, मीरा खडका, ईश्वरप्रसाद खतिवडा, र आनन्दमोहन भट्टराईको इजलाशले संसद बिघटन बदर हुने आदेश दिएको हो  ।

यस्तै, सर्वोच्च अदालतले २८ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । अदालतले सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको हाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४५.०६ अंकले घटेर २८५४.७६ विन्दुमा झरेकाे छ । नेप्से १.५५ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ८.६२ अंकले घटेर ५३४.८१ विन्दुमा झरेको छ । कूल २२९ वटा कम्पनीकाे २ कराेड ६० लाख २१ हजार एक सय ४ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ९८ करोड २६ हजार ५ सय २७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

60ec10df1d123.jpg

60ec10e4b00d4.jpg

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज जम्मा एउटा अर्थात् म्युचुअल फण्डकाे सेयर बढेकाे छ भने बाँकी १२ वटा उपसमूहकाे सेयर घटेको छ ।

60ec10e99b504.jpg

साेमबार सर्वाधिक काराेबार गर्ने १० कम्पनीहरूमा क्रमश : निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, एनआईसी एशिया बैंक लिमिटेड, राष्ट्रिय बीमा कम्पनी लिमिटेड संस्थापक सेयर, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल बैंक लिमिटेड, मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड, ज्योति विकास बैंक लिमिटेड, हिमायन डिष्टीलरी, नबिल बैंक लिमिटेड र नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् ।

60ec10ee48c88.jpg

साेमबार सर्वाधिक नाफा कमाउने १० कम्पनीहरूमा क्रमश : समृद्धि फाइनान्स कम्पनी लिमिटेड, १०.२५% केबिएल डिबेञ्चर २०८६, १०.२५% एनबिबिएल डिबेञ्चर २०८५, सिटिजन्स म्युचुअल फण्ड २, सानिमा लार्ज क्याप फण्ड, एभरेष्ट इन्स्याेरेन्स कम्पनी संस्थापक सेयर, सप्तकाेशी डेभलपमेन्ट बैंक लिमिटेड, मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड, १०% नबिल डिबेञ्चर २०८२, १०.२५%  र सनराइज बैंक डिबेञ्चर २०८३ रहेका छन् ।

60ec10f44c839.jpg

साेमबार सर्वाधिक नाफा गुमाउने १० कम्पनीहरूमा क्रमश : युनियन हाइड्राेपावर कम्पनी लिमिटेड, खानीखाेला हाइड्राेपावर, ओरियन्टल हाेटल, महुली सामुदायिक लघुवित्त, शीव श्री हाइड्राेपावर, हाइड्राेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड, हिमाल दाेलखा हाइड्राेपावर कम्पनी लिमिटेड, नेशनल हाइड्राेपावर कम्पनी लिमिटेड, पाँचथर पावर कम्पनी लिमिटेड र बाेटलर्स नेपाल (तराइ) लिमिटेड रहेका छन् ।

60ec10f9ad2d9.jpg

घट्दो बजारमा कारोबार रकम बढेको हेर्दा दिर्घकालिन रूपमा बजार नघट्ने पुराना लगानीकर्ता डम्मरू बल्लभ घिमिरेले बताएका छन् । विगत केही दिन देखि औषतमा ४ देखि ५ अर्बको कारोबार भइरहेकोमा आज लगभग १० अर्बको कारोबार भएको छ । कारोबार रकम बढ्नु भनेको आगामी दिनमा सेयर बजार बढ्छ भन्ने संकेत रहेको उनको तर्क छ ।

याे पनि :

कुन कम्पनीको Demand बजारमा देखिन्छ? बजार अब कता? Technical forecast | Ashad 27-31 | Share Tech Funda

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको