Like us!
Follow us!
Connect us!
Watch us!

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

अर्थ संसार

सोमबार, २८ असार २०७८, १३ : ३३ मा प्रकाशित

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले २८ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।

अदालतले सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको हाे ।

सर्वोच्च अदालतले संसद विघटन बदर गरेको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ ।

 प्रधानन्यायधीश चोलेन्द्र शम्शेर ज.ब.रा. र न्यायधीशहरु दीपककुमार कार्की, मीरा खडका, ईश्वरप्रसाद खतिवडा, र आनन्दमोहन भट्टराईको इजलाशले संसद बिघटन बदर हुने आदेश दिएको हो  ।

संसद विघटन विवादमा ३० रिट निवेदन परेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको