Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोच्चद्वारा संसद विघटन बदर

अर्थ संसार

सोमबार, २८ असार २०७८, १३ : २६ मा प्रकाशित

सर्वोच्चद्वारा संसद विघटन बदर

सर्वोच्च अदालतले संसद विघटन बदर गरेको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ ।

 प्रधानन्यायधीश चोलेन्द्र शम्शेर ज.ब.रा. र न्यायधीशहरु दीपककुमार कार्की, मीरा खडका, ईश्वरप्रसाद खतिवडा, र आनन्दमोहन भट्टराईको इजलाशले संसद बिघटन बदर हुने आदेश दिएको हो  ।

संसद विघटन विवादमा ३० रिट निवेदन परेका थिए । त्यसमध्ये २६ वटा विघटन विरुद्धका थिए भने चार वटा केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिको माग गरिएका निवेदन दिए ।

मन्त्रिपरिषद्को यही जेठ ८ को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिले यही जेठ ८ गतेको निर्णय बदर गरी असंवैधानिक र गैरकानूनी घोषित गर्ने माग गर्दै अदालतमा रिट दायर भएको थियो  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको