Like us!
Follow us!
Connect us!
Watch us!

जापानले नेपालसहितका विभिन्न देशलाई अस्ट्राजेने खोप दिने

अर्थ संसार

मंगलबार, २९ असार २०७८, १३ : ५९ मा प्रकाशित

जापानले नेपालसहितका विभिन्न देशलाई अस्ट्राजेने खोप दिने

जापानले नेपालसहितका विभिन्न एशियाली देशहरूलाई अस्ट्राजेने खाेप प्रदान गर्ने भएकाे छ । जापानले यसै महीनामा खाेप प्रदान गर्ने भएकाे हाे ।

जापानले कोभ्याक्समार्फत एसियाली मुलुकलाई दिने भनेको ११ मिलियन खोपबाट नेपालले पनि खोप प्राप्त गर्ने भएको समाचार संस्था रोयटर्सले जनाएकाे छ ।

नेपालसहित, बंगलादेश, कम्बोडिया, इरान, लाओस, श्रीलंका र प्रशान्त क्षेत्रीय मुलुकले त्यही परिमाणबाट खोप प्राप्त गर्ने भएका हुन् ।

जापानले बिहीबारदेखि ताइवान, इन्डोनेसिया र भियतनाममा प्रतिदेश १ मिलियन डोज खोप आपूर्ति गर्दैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको