Like us!
Follow us!
Connect us!
Watch us!

बैङ्कमा पैसा अभाव

पत्रपत्रिका

बुधबार, ३० असार २०७८, ०८ : ५६ मा प्रकाशित

बैङ्कमा पैसा अभाव

हुम्लाका बैङ्कमा पैसाको अभाव भएको छ । आर्थिक वर्षको अन्त्यति र धेरै विकासे गतिविधिहरूको भुक्तानी दिनुपर्ने भएपछि बैङ्कमा मौज्दात भएको पैसा सकिएपछि अभाव भएको हो । 

खार्पुनाथ गाउँपालिका–३ रायागाउँका रामबहादुर बोहराले पाँच घण्टा लाइनमा बसेर रित्तो हात फर्कनु परेको  बताए । उनले पाँच लाखको चेक सटही गर्न बैङ†कमा लाइनमा बसेकै बेला एक लाखभन्दा माथिको चेक सटही गर्न नसकिने जनाएपछि लाइन छोडेर फिर्ता  हुनुपरेको  गुनासो  गरे । बैङ्कमा आर्थिक कारोबार गर्न तीन सयभन्दा बढी सेवाग्राहीको लाइन लागेको भए पनि बैङ्कले भुक्तानी दिन  नसक्ने  जानकारी  दिएपछि फिर्ता हुनुपरेको थियो । 

दैनिक धेरै र ठूला योजनाको भुक्तानी  दिनुपरेपछि पैसाको अभाव हुन थालेको बताउँदै राष्ट्रिय वाणिज्य बैङ्कका प्रबन्धक सविता शाहीले असारमा मात्र योजना सम्पन्न  गर्ने र भुक्तानी  दिने  प्रचलनले  समस्या हुनेगरेको बताइन् । दैनिक चारदेखि छ करोड रुपियाँ बैङ्ले भुक्तानी दिने गरेको छ । 

पैसा सकिन थालेपछि बैङ्कबाट झिक्न मिल्ने सीमा तोक्नुपरेको बैङ्कले जनाएको छ । उनले बैङ्कमा पैसा नभएकै कारण खर्पुनाथ गाउँपालिकाको प्रभु बैङ्कलाई एक दिनअगाडि चार करोड मागेकामा एक  करोड मात्र दिएको बताउँदै जिल्लाभित्रका अन्य आठवटा बैङ्कलाई अब पैसा दिन नसकिने बताइन् । पैसा मौज्दात कम भएपछि आवश्यक पैसाको व्यवस्थाका लागि राष्ट्र  बैङ्कलाई अनुरोध गरिएको छ ।  

वाणिज्य बैङ्कमा पैसा अभाव देखिएपछि त्यसको असर साङ्ग्रिला बैङ्कमा पनि परेको प्रबन्धक चन्द्रप्रसाद लम्सालले बताए । सदरमुकाम सिमकोटमा सिटिजन्स, साङ्ग्रिला, कृषि विकास बैङ्क छन् भने नाम्खा र सर्केगार्ड गाउँपालिकामा सिटिजन्स बैङ्क, खर्पुनाथमा प्रभु, चँखेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा ग्लोबल आईएमई बैङ्कले कारोबार गर्दै आएका छन् । यी बैङ्कमा पैसाको अभाव जनाइएको छ । 

गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको