Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमण बढ्दै, २९०५ जनामा संक्रमण पुष्टि, १८ जनाको मृत्यु

अर्थ संसार

बुधबार, ३० असार २०७८, १६ : ३७ मा प्रकाशित

कोरोना संक्रमण बढ्दै, २९०५ जनामा संक्रमण पुष्टि, १८ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १ सय ८ पीसीआर परीक्षणमा २ हजार १० जना र ४ हजार ९ सय १६ एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, बितेको २४ घण्टामा १२ जना संक्रमितको मृत्यू भएको छ । १८ जनाको मृत्यु भएको छ र १६०६ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६४७ जना रहेको छ ।

हिजो मंगलबार ११ हजार १२ जनाको परीक्षण गर्दा २३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको