Like us!
Follow us!
Connect us!
Watch us!

पोखरेल दम्पतिले एक अर्कालाई दिए ५०-५० लाखको सिटिजन जीवन सारथी बीमा पोलिसी उपहार

अर्थ संसार

बुधबार, ३० असार २०७८, १७ : १६ मा प्रकाशित

पोखरेल दम्पतिले एक अर्कालाई दिए ५०-५० लाखको सिटिजन जीवन सारथी बीमा पोलिसी उपहार

आफ्नो बैबाहिक जीवनको २७ औ बर्ष पुरा भएको अवसरमा एक जोडीले एक अर्कालाई बिमा पोलिसी उपहार दिई मनाएका छन्।

 बुटवल ३ , रुपन्देही  बस्ने  अधिवक्ता सागर मणि पोखरेल र  शिक्षक कमला ज्ञवालीले एक कार्यक्रममा एक अर्कालाई  ५० – ५०  लाखको  बिमा पोलिसी दिई  आफ्नो बर्षगाठ  फरक तरिकाले मनाई समाजमा सकारात्मक सन्देश दिनु भएको छ । कार्यक्रम बुटवलको योगि कुटीस्थित होटेल द बुटवलमा सोमबार बिहान ११ बजे भएको थियो।  

लामो समयदेखि समाज सेवामा गर्दै आउनु भएका सागर पोखरेल पेशाले अधिवक्ता, सफल सहकारीकर्मी ,  बैंकका संस्थापक लगायत विभिन्न बित्तिय क्षेत्रमा  रहनु भएको छ भने  लामो समयदेखि बिमाको क्षेत्रमा पनि काम गर्दै आउनु भएको छ ।

बिहानमा क्याम्पस र दिउसोमा सरकारी बिद्यालयमा अध्यापन गराउदै आउनु भएकी कमलाले,  सिटिजन लाइफमा आफ्नो जीवनकालमा जम्मा गरेको रकमले बुढेसकालमा समेत उपयोगी हुने देखेपछि आफुहरुले बिमा गरेको बताउनुभयो।  

अधिवक्ता पोखरेलले सो कार्यक्रममा बोल्दै आजसम्म आफुले खरिद गरेका सबै बिमा पोलिसी रकम तिरिसकेपछि सकिएको तर अहिले लिनु भएको सिटिजन जीवन सारथी बाचुन्जेल चलिरहने र आफुले बिमा गरेको रकम र बोनस फिर्ता लिगी सकेपछी पनि आफ्नो सुरक्षा रहिरहने भएकाले आफुलाई यो पोलिसी मन परेको बताउनुभयो।  

कार्यक्रममा बोल्दै एरिया म्यानेजर नरेश सिग्देलले  उहाहरुले खरिद गर्नु भएको बिमा पोलिसी सबै भन्दा उत्तम रहेको बताउदै उहाहरुलाई अझ बढी सफलता र सुखी जीवनको  शुभकामना ब्यक्त गर्नुभएको  थियो भने   पोखरेल दम्पतिलाइ रातो टिका सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो।  

हरेक बर्ष विभिन्न रचनात्मक कार्य गर्दै आउनु भएका पोखरेल दम्पतिले आफ्नो अनुभव सुनाउदै अहिलेसम्म ७ वटा बिमा पोलिसी परिपक्क भई आफुहरुलाई सो पैसाले छोराछोरीको उच्च शिक्षा लगायत विभिन्न कार्यहरुको लागि एकदमै सहयोगी भएको बताउनुभयो।  

जन्मोत्सव कार्यक्रममा सिटिजन लाइफ भैरहवा एरिया प्रमुख नरेश सिग्देल, परासी शाखा प्रमुख दिपक थापा छेत्री सहित १५ जनाएजेन्सी म्यानेजरको  पनि उपस्थिति रहेको  भलवारी शाखाका शाखा प्रबन्धक रविकाफ्लेले जानकारी गराउनुभयो।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको