Like us!
Follow us!
Connect us!
Watch us!

अप्रत्यासिलो मूल्यमा रेनो काइगर सुरु हुँदै, बुकिङ्गहरू आजबाट खुल्दै

अर्थ संसार

विहीबार, ३१ असार २०७८, १६ : २१ मा प्रकाशित

अप्रत्यासिलो मूल्यमा रेनो काइगर सुरु हुँदै, बुकिङ्गहरू आजबाट खुल्दै

डिस्रप्टिभ इनोभेसनको आफ्नो बचनलाई अगाडि बढाउँदै रेनो नेपालले आज रेनोको नयाँ एसयुभी रेनो काइगर सार्वजनिक गरेको छ । १.० न्याचुअर्ली अस्प्राइड इनर्जी इन्जिनमा आकर्षक लुक्स र पर्फमेन्ससहितको रेनो किइगर न्यूनतम बजार मूल्य २८ लाख ४९ हजार रूपैयाँ निर्धारण गरिएकाे छ ।

रेनो काइगरको लागि बुकिंगहरु आजदेखि देशभरका १५ वटा सेल्स आउटलेटको एक्सटेन्सिभ डिलरसिप नेटवर्कहरुबाट सुरु हुँदैछ ।

किइगर भर्सनमा चार मोडलहरु उपलब्ध रहेकोमा कम्पनीले क्लासवाईज आरएक्सई मोडलको पहिलो मूल्य २८ लाख ४९ हजार तोकेको छ भने आरएक्सएल २९ लाख ९९ हजार देखि ३१ लाख ६९ हजार, आरएक्सटी ३२ लाख ९९ हजार देखि ३४ लाख ६९ हजार र आरएक्सजेट ३५ लाख ९९ हजारदेखि ३७ लाख ६९ हजार तोकिएको छ ।

रेनो काइगरले आफैलाई एक स्टनिंग, स्मार्ट र स्पोर्टी बी–एसयूभीको रुपमा स्थापित गरेको छ । स्टनिंग डिजाइन स्पोर्टी र मस्कुलर एलिमेन्टहरु द्वारा उदाहरणको रुपमा छ जसले रेनो काइगरलाई एक सही एसयुभीको रुपमा खडा गरेको छ । रेनो काइगरमा स्मार्ट केबिनले प्रविधि, कार्यक्षमता र रुमिनेशको संयोजन रहेको छ । उच्च प्रदर्शनको साथसाथै यसमा स्पोर्टी ड्राइभ रहेको छ जसमा मल्टि सेन्स ड्राइभ मोडहरु रहेको छ । यसले ग्राहकहरुलाई ड्राइभिंग प्राथमिकताहरुमा फ्लेग्जेबिलिटी प्रदान गर्दछ । 

रेनो काइगरलाई एमटी र एएमटीको दुईवटा विकल्पहरुमा १.० एल इनर्जीमा प्रदान गरिनेछ । ग्राहकहरुले चारवटा उपलब्ध रहेको ट्रिमहरु–आरएक्सई, आरएक्सएल, आरएक्सटी र आरएक्सजेड बाट छनोट गर्न सक्नेछन् । प्रत्येक संस्करण सेग्मेन्टमा ग्राहकको माग र आवश्यकताहरुलाई ध्यानमा राखी बनाइएको हो र सबै ट्रिमहरुमा यसको आकर्षक मूल्य राखिएको छ । ग्राहकहरुको हरेक स्तरमा एक मूल्यवान लाभ छ जुन स्टाइलिश डुअल टोन संयोजनको लागि विकल्पको रुपमा रहेको छ ।

रेनो काइगरको दुई अगाडिको सीट र दुई पछाडिको सिटमा तीन–पोइन्ट सिटबेल्ट लगाइएको छ भने रियर मिडल प्यासेन्जर सिटमा दुई–पोइन्ट सिटबेल्टको सुविधा रहेको छ ।  रेनो काइगरमा दुई साइड एयरब्याग संगै ड्राइभर र फ्रन्ट–सिट यात्रीको लागि दुई अगाडी एयर ब्यागहरूको साथ आउँदछ। दुबै अगाडि सिटहरूको सुरक्षाको लागि सीट बेल्ट रिमाइन्डर चेतावनीकोे सुविधा रहेको छ ।

एक्सेसिसरिज र पर्शनलाइजेशन फ्रन्टमा ग्राहकहरुले विशेष क्युरेट गरिएको एक्सेसरी प्याकहरुको स्मार्ट रेन्जबाट छनोट गर्न सक्दछन् जसले काइगर गाडीलाई अर्को तहमा लैजान मद्दत पुर्याउँछ । त्यहाँपाँच वटा एक्सक्लुसिभ पर्शनलाइजेशन प्याकहरु–एसयुभी, एट्राक्टिभ, एसेन्सियल, स्मार्ट, स्मार्ट प्लस रहेका छन् जुन टेक एक्सेसरिज सहित एक वायरलेस चार्जर र एयर प्युरिफायरका साथ उपलब्ध रहेको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको