Like us!
Follow us!
Connect us!
Watch us!

बीवाइडीका कार किन्नेलाई सहज कर्जाको लागि नबिल बैंकसँग सम्झाैता

अर्थ संसार

शुक्रबार, २३ मंसिर २०७९, १३ : २४ मा प्रकाशित

बीवाइडीका कार किन्नेलाई सहज कर्जाको लागि नबिल बैंकसँग सम्झाैता

विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताको लागि नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंकले बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकसँग एक सम्झौता गरेको छ।

दुई संस्थाबीच भएको सम्झौता अनुसार अब बीवाइडीको कुनै पनि गाडी किन्न चाहने ग्राहकले नबिल बैंकबाट कर्जा सुविधा पाउने छन् । उक्त सम्झौता एक कार्यक्रमका बीच बुधबार भएको हो । सम्झाैता अनुसार बीवाइडीले बिक्री गर्ने विद्युतीय गाडीमा नबिल बैंकले कर्जा प्रवाह गर्ने उल्लेख छ । नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेको कारण नविल बैंकले पनि त्यही अनुसार ८० प्रतिशतसम्म कर्जा दिने जनाएको छ ।

सम्झौता अनुसार अहिले बीवाइडीका गाडी किन्ने ग्राहकले नबिल बैंकबाट १२.९९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्मको लागि फाइनान्स सुविधा पाउने छन् । बैंकसँगको सम्झौंता अनुसार बीवाइडीको कुनै पनि मोडल किन्ने ग्राहकले मूल्यको २० प्रतिशत मात्र डाउन पेमेन्ट गर्दा पुग्छ।

साइमेक्स इंकले बीवाईडीको एसयूभी एटो ३ र अल न्यू इ-६ ईभी नेपालमा बिक्री गर्दै आएको छ । अल न्यू इ- ६ नेपालमा उपलब्ध इलेक्ट्रीक भेहिकलमध्ये सबैभन्दा धेरै रेन्ज दिने ईभी हो ।

साइमेक्स इंकले अघिल्लो महिनाबाट नेपालमा विक्री सुरु गरेको नयाँ मोडल एटो- ३ को मूल्य ८९ लाख ९० हजार र अल न्यू इ-६ को मूल्य ५९ लाख तोकेर बिक्री गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको