Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बिमाद्धारा गत आर्थिक बर्षको तेस्रो त्रैमास सम्मको वित्तिय विवरण प्रकाशन

अर्थ संसार

शुक्रबार, ०१ साउन २०७८, ०८ : १४ मा प्रकाशित

नेपाल पुनर्बिमाद्धारा गत आर्थिक बर्षको तेस्रो त्रैमास सम्मको वित्तिय विवरण प्रकाशन

नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विज्ञप्तीमा कम्पनीको मूनाफामा सामान्य बृद्धि देखिएको छ ।

यसअवधिमा इन्सुरेन्सको नाफा बढेर ९२ करोड ५७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा कम्पनीले ९१ करोड ६१ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । यो मुनाफा अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा १.०५ प्रतिशतले बढि हो ।

तेस्रो त्रेमाससम्ममा कम्पनीले कमाएको खुद मुनाफामा निर्जीवन बीमा व्यवसायबाट ८२ करोड ४७ लाख रुपैयाँ र जीवन बीमा व्यवसाय १० करोड १० लाख रुपैयाँ बराबरको योगदान रहेको छ ।

कम्पनीको खुद बिमा शुल्कमा पनि आकर्षक वृद्धि भएको छ । तेस्रो त्रैमाससम्ममा खुद बिमा शुल्क १९.९४ प्रतिशतले बढेर ५ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले ४ अर्ब ९४ करोड ७ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । खुद बिमा शुल्कमा आएको वृद्धिले पनि नाफा बढाउन सहयोग गरेको हो । 

चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ३६ करोड ९८ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ३ करोड ५३ लाख रुपैयाँ सञ्चित छ। कम्पनीले आर्थिक बर्ष २०७६ ७७ को मुनाफाबाट लगानीकर्ताहरुलाई १६.५० प्रतिशत बोनश सेयर र ३.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छ ।

समिक्षा अवधिसम्ममा कम्पनीको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपिएस) १२ रुपैयाँ ३४ पैसा, प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ५ पैसा र प्रतिसेयर कुल सम्पतीको मूल्य २७३.९९ रुपैयाँ रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः

60f0f1db09ed9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको