Like us!
Follow us!
Connect us!
Watch us!

हिजो घाटामा रिपोर्ट निकालेको नेपाल रिले निकाल्यो नाफाको रिपोर्ट !

अर्थ संसार

विहीबार, १० जेठ २०८१, ११ : ५० मा प्रकाशित

हिजो घाटामा रिपोर्ट निकालेको नेपाल रिले निकाल्यो नाफाको रिपोर्ट !

हिजो मात्रै चालु आर्थिक वर्षको पहिलो त्रैमासको घाटाको रिपोर्ट निकालेको नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) ले अर्को दिन दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा रहेको रिपोर्ट सार्वजनिक गरेको छ। 

नाफा 
कम्पनीले दोस्रो त्रैमाससम्ममा ३३ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको देखाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा १५.४९ प्रतिशतको बढोत्तरी भएको देखिन्छ। 

हिजो रिपोर्टमा  अनुसार कम्पनीले प्रथम त्रैमास सम्ममा ४७ करोड ५६ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

कुल बीमाशुल्क
पुस मसान्तसम्म कम्पनीले ३ अर्ब ४१ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ८४ करोड ८९ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ११.२९ प्रतिशतले घटेको छ।

प्रतिसेयर आम्दानी
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) सामान्य घटेर २.६४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस २.२८ रुपैयाँ थियो। 

प्रतिसेयर नेटवर्थ
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको  प्रतिसेयर नेटवर्थ १४५.७५ रुपैयाँ रहेको छ।

बीमाशुल्क 
समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब ३ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १०.५२ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ३ अर्ब ३९ करोड ३४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

रिजर्भ
स्पेसल रिजर्भमा ४ अर्ब २४ करोड ४८ लाख रुपैयाँ

महाविपत्ति कोष
महाविपत्ति कोषमा ३० करोड ८१ लाख रुपैयाँ, 

रिटेन्ड अर्निङ
रिटेन्ड अर्निङमा ५५ करोड ४८ लाख रुपैयाँ  

अन्य इक्विटी
अन्य इक्विटीमा ७५ करोड ४० लाख रुपैयाँ

सेयरपुँजी
१२ अर्ब ८१ करोड रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको