Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमाबाट विशाल ग्रुपले बाहिरिने, ७ लाख कित्ता सेयर लिलाम मार्फत बिक्रीमा

अर्थ संसार

बुधबार, ०५ भदौ २०८१, ०८ : ३२ मा प्रकाशित

नेपाल पुनर्बीमाबाट विशाल ग्रुपले बाहिरिने, ७ लाख कित्ता सेयर लिलाम मार्फत बिक्रीमा

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडबाट विशाल ग्रुपले बाहिरिने तयारी गरेको छ। विशाल ग्रुपले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक सेयर आज भदौ ५ गतेबाट बिक्रीमा राखेको छ। 

कम्पनीले लिलाम बढाबढ प्रक्रिया मार्फत सेयर बिक्री गर्न लागेको हो। ग्रुपले कम्पनीको ७ लाख कित्ता सेयर लिलाम मार्फत बिक्री गर्न लागेको हो।

ग्रुपले यस कम्पनीको सेयर खरिदका लागि हाल विद्यमान संस्थापकहरुले असोज ८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। 

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ। आवेदनकर्ताले आवेदन दिँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनु पर्नेछ। बोलकबोल गर्दा न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने भनिएको छ। 

यस लिलाम प्रकियाको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। इच्छुकले  बिक्री प्रबन्धकको कार्यालय, ट्रेड टावर, थापाथलीमा बोलपत्र आवेदन दिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको