Like us!
Follow us!
Connect us!
Watch us!

बजारको ट्रेण्डिङ्ग स्टक 'नेपाल पुनर्बीमा'को रिपोर्ट सार्वजनिक

अर्थ संसार

सोमबार, २८ साउन २०८१, ०७ : १३ मा प्रकाशित

बजारको ट्रेण्डिङ्ग स्टक 'नेपाल पुनर्बीमा'को रिपोर्ट सार्वजनिक

नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

खुद नाफा 
नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नाफा १३.४९ प्रतिशतले घटेको  छ। तेस्रो त्रैमाससम्म कम्पनीले ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधि सम्म कम्पनीले ५९ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

खुद आर्जित बीमा
कम्पनीको खुद आर्जित बीमा शुल्क ८.५७ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको यस अवधिमा पाँच अर्ब ६३ करोड रुपैयाँ कमाएकोमा यस आवमा कम्पनीले पाँच अर्ब ५४ करोड रुपैयाँ कमाएको छ । 

कुल आम्दानी
तेस्रो त्रैमास सम्म कम्पनीको कुल आम्दानी ६ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। जुन ९.३० प्रतिशत घटेको हो।

प्रति सेयर आम्दानी
४ रुपैयाँ ३ पैसा (६३ पैसा घटयो)

मूल्य आम्दानी अनुपात
१९२.५५ गुणा

प्रति सेयर नेटवर्थ
१४७ रुपैयाँ ४५ पैसा

चुक्ता पूँजी
१२ अर्ब ८१ करोड रुपैयाँ

अन्य इक्विटी
७८ करोड ८० लाख रुपैयाँ

विशेष जगेडा
३ अर्ब ९२ करोड रुपैयाँ

महाविपत्ती कोष
२७ करोड ६३ लाख रुपैयाँ

रिटेन्ड अर्निङ्ग
१ अर्ब ८ करोड रुपैयाँ

(नोट: यस अघि तेस्रो त्रैमास हुनु पर्नेमा अन्तिम त्रैमास लेखिएकोमा भुल सुधार गरिएको छ )

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको