Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल रिको साधारणसभा आज, के छन् त पारित हुने प्रस्तावहरु?

अर्थ संसार

विहीबार, १७ जेठ २०८१, ०८ : १२ मा प्रकाशित

नेपाल रिको साधारणसभा आज, के छन् त पारित हुने प्रस्तावहरु?

नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको आफ्नो नवौं वार्षिक साधारणसभा आज बस्दै छ । कम्पनीले आफ्ना लगानीकर्तालाई ५ प्रतिशत लाभांशको व्यवस्था गरेको छ ।

कम्पनीको वैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले जेठ १७ गते  अर्थात आज  काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो ।

कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

सभामा कम्पनीको हाल कायम चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार ७५० रुपैयाँको ४.७५ प्रतिशतले हुन आउने ६० करोड ८६ लाख ४३ हजार ३२८ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पेश गरि पारित गरिने जनाइएको छ ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ ६ गते एकदिन कम्पनीले बुक क्लोज गरेको थियो । अर्थात जेठ ५ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको