Like us!
Follow us!
Connect us!
Watch us!

विश्वभर ३ अर्ब ५३ करोड डोज खोप लगाइयो

अर्थ संसार

शुक्रबार, ०१ साउन २०७८, १४ : ५८ मा प्रकाशित

विश्वभर ३ अर्ब ५३ करोड डोज खोप लगाइयो

विश्वभर तीन अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा एक अर्ब ४१ करोड ४६ लाख ९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३९ करोड ५३ लाख ४३ हजार ७६७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

अमेरिकामा ३३ करोड ४९ लाख ४० हजार १९२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा ११ करोड ४१ लाख ५७ हजार १२५ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ । बेलायतमा ८ करोड २१ लाख २७ हजार ३५५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी ८ करोड ४२ लाख ३ हजार ४३३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

फ्रान्समा ६ करोड २४ लाख ५८ हजार २४१ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली पाँच करोड ९९ लाख ६६ हजार ९०८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । टर्कीमा ६ करोड १२ लाख ८१ हजार ७७३ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जापान ६ करोड ५१ लाख ८० हजार १७८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । - (रासस/एएफपी)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको