सभामुख डोलप्रसाद अर्यालले संवादका लागि विपक्षी दलले समय नदिएको गुनासो गरेका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा विपक्षी दलले विरोध जनाएका थिए। उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाहको भनाइलाई लिएर विरोध गरिरहेका छन्।
यस विषयमा संवाद गर्न खोज्दा विपक्षी दलका सांसदले समय नदिएको सभामुख अर्यालले बताए। ‘हिजो पनि माननीय सदस्यहरूले समय दिनु भएन,’ सभामुख अर्यालले संसद् बैठकमा भने, ‘आज पनि कार्य व्यवस्था परामर्श समितिको बैठकमा लागि बोलाएको थिए, समय दिनु भएन।’
संवादका लागि समय नदिएपछि प्रक्रिया अघि बढाएको उनको भनाइ थियो। ‘मैले न प्रक्रिया मिचेको छु, न त कसैलाई पेलेको छु,’ सभामुख अर्यालले भने। विपक्षी दलका सांसदले विरोध जारी राखेपछि सभामुख अर्यालले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस