Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीको भनाइ अपरिपक्व र राष्ट्रहित विपरीत- कांग्रेस

अर्थ संसार

सोमबार, १८ जेठ २०८३, १५ : ३७ मा प्रकाशित

प्रधानमन्त्रीको भनाइ अपरिपक्व र राष्ट्रहित विपरीत- कांग्रेस

नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको भनाइलाई राष्ट्रहित विपरीत भनेको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्री शाहको भनाइ गलत भएको बताए। ‘प्रधानमन्त्रीको भनाइ अपरिपक्व र राष्ट्रिय हित विपरीत छ,’ राईले भने। 

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको’ अभिव्यक्ति दिएका थिए। त्यसबारे प्रधानमन्त्री शाहले जवाफ दिनुपर्ने उनले बताए।

नेपालले मिचेको भारतको भूमिबारे बताउनुपर्ने उनको भनाइ थियो। ‘भारतले हाम्रो जग्गा फिर्ता चाहिन्छ भन्यो भने कुन दिने?,’ राईले भने, ‘हामीलाई हिसाब चाहिन्छ।’ प्रधानमन्त्री शाहले आफ्नो भनाइ फिर्ता लिएर माफी माग्नुपर्ने माग गरेका छन्। माफी नमाग्दासम्म संसद् नचलाउन आग्रह गरेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको