Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंक र नबिल बैंककाे व्याजदरलाई तुलना गरी हेर्दा

अर्थ संसार

शनिबार, ०२ साउन २०७८, १६ : ५६ मा प्रकाशित

ग्लोबल आइएमई बैंक र नबिल बैंककाे व्याजदरलाई तुलना गरी हेर्दा

ग्लोबल आइएमई बैंक लिमिटेड र नबिल बैंक लिमिटेड दुवै बैंकले विभिन्न खातामा हिजाे (श्रावण १ गते, शुक्रबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेका छन् ।

दुवै बैंकहरूले सार्वजनिक गरेका नयाँ व्याजदर अनुसार  ग्लोबल आइएमई बैंक लिमिटेडले बचत खातामा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशत व्याजदर निर्धारण गरेको छ भने नबिल बैंक लिमिटेडले बचतको न्यूनतम व्याजदर १.५१ प्रतिशतदेखि अधिकतम ३.५१ प्रतिशतसम्म निर्धारण गरेको छ ।

यसैगरी, ग्लोबल आइएमई बैंक लिमिटेडले व्यक्तिगत मुद्दति खातामा अधिकतम ७.०१ व्याज निर्धारण गरेको छ भने नबिल बैंक लिमिटेडले व्यक्तिगत मुद्दति खातामा अधिकतम ५.०१ प्रतिशत (३ महिनाकाे) व्याजदर निर्धारण गरेको छ ।

त्यस्तै, ग्लोबल आइएमई बैंक लिमिटेडले स्थिर व्याजदरको लागि न्यूनतम ९.९९ प्रतिशतदेखि अधिकतम १०.९९ प्रतिशतसम्म व्याजदर निर्धारण गरेकाे छ भने नबिल बैंक लिमिटेडले स्थिर व्याजदरको लागि न्यूनतम ८.४९ प्रतिशतदेखि अधिकतम ११.५० प्रतिशतसम्म व्याजदर निर्धारण गरेको छ । 

 ग्लोबल आइएमई बैंक लिमिटेडले ६ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिनेछ भने नबिल बैंक लिमिटेडले ७ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्नेछ ।

अन्य जानकारीका लागि दुवै बैंककाे व्याजदर हेर्न सक्नुहुनेछ :

60f0e5819ab53.jpg

60efa8577ce47.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको