Like us!
Follow us!
Connect us!
Watch us!

साउन १० गतेबाट ३ अर्ब रुपैयाँ बराबारको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, ब्याजदर कति ?

अर्थ संसार

आइतबार, ०३ साउन २०७८, ०७ : ५९ मा प्रकाशित

साउन १० गतेबाट ३ अर्ब रुपैयाँ बराबारको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, ब्याजदर कति ?

नबिल बैंक बैंक लिमिटेडले साउन १० गते बिहीबारबाट ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

जसमध्ये बैंकले अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेनेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।। यसैगरी, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । 

बैंकले ७ वर्ष अवधिको  ८ प्रतिशत ब्याजदर रहेको '८% नबिल डिबेन्चर २०८५'  नाममा ऋणपत्र निष्कासन गर्न लागेको हो । 

को हो बिक्री प्रबन्धक ?
बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ ।

कति दिने आवेदन ?
लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पुर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कहिलेसम्म दिने आवेदन ?
साउन १० गतेबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा साउन १३ गते र ढिलोमा साउन २४ गतेसम्मसम्म आवेदन दिन सकिनेछ ।

कहाँबाट दिने आवेदन ?
लगानीकर्ताले हिमालयन क्यापिटल लिमिटेड, नबिल बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छः

60f390b9695c3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको