Like us!
Follow us!
Connect us!
Watch us!

सिगटी हाइड्रोको २५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

पत्रपत्रिका

आइतबार, ०३ साउन २०७८, ०८ : २५ मा प्रकाशित

सिगटी हाइड्रोको २५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

निर्माण सम्पन्न भएको करिब १८ महिनापछि दालखाको सिँगटी खोलाबाट निकालिएको २५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएकोछ । सिँगटी–लामो साँघु प्रसारण लाइन तयार भएपछि आयोजनाले विद्युत् उत्पादन थालेको हो ।

सिगटी हाइड्रो इनर्जी  लिमिटडले निर्माण गरको यो आयोजनाले हाल परीक्षण उत्पादन गरिरहको छ । निर्माण थालिएको करिब १२ वर्षमा पनि ४२ किलोमिटर लामो सो प्रसारण लाइन तयार नहुँदा  निर्माण  सम्पन्न  भइसकेको सिँगटी हाइड्राले बिजुली उत्पादन गर्न  सकको थिएन । बिजुली उत्पादन गर्न नपाउँदा बिजुली बिक्री  गरेर प्राप्त हुने आम्दानी गुम्योभने ऋणको ब्याजले आयोजनाको लागत समेत बढ्यो । 

आयोजना तयार पारेर डेढ बर्षसम्म पनि बिजुली बेच्न नपाउँदा आम्दानीनै भएन । बैङ्कको ब्याज मात्रै करिब ७५ करोड रुपियाँ नाक्सानी भएकोछ,”  सिँगटी हाइड्रोका कार्यकारी निर्देशक गणेश कार्कीले भने । २०७६ माघमा आयो जना सन्पन्न  हुँदा यो आयोजनाको लागत प्रतिमेगावाट २२  करोड रुपियाँ थियो तर व्यावसायिक उत्पादनको मिति डढ वर्ष धकेलिँदा लागत प्रतिमेगावाट २४ करोड रुपियाँभन्दा   बढी पुगेको जानकारी कार्कीले दिए ।

जलप्रवाहमा आधारित यो आयाजनाबाट वर्षात्मा २५ मगावाट र सुक्खायाममा करिब नौ  मेगावाट विद्युत् उत्पादन हुन्छ । आयोजनामा ३० प्रतिशत स्वामित्व सर्वसाधारणको छ ।    

गोरखापत्र दैनिकमा समाचार छ ।                           

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको