Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओका लगानीकर्तालाई अर्को वर्षदेखि राम्रो प्रतिफल दिन्छौँ : सिंगटी हाईड्रोका प्रमुख कार्यकारी निर्देशक कार्की

अर्थ संसार टक

आइतबार, ०८ चैत्र २०७७, १२ : १२ मा प्रकाशित

चैत्र ६ गते शुक्रबारबाट आईपीओ बिक्रि खुल्ला गरेको सिंगटी हाईड्रो इनर्जीले उत्पादन गरेको बिजुली यहि चैत्र महिना भित्रमै राष्ट्रिय प्रसारण लाइनामा जोडिने बताइएको छ ।  

सिंगटी हाईड्रो लिमिटेडका प्रमुख कार्यकारी निर्देशक गणेश कार्कीसँगको कुराकानीमा उनले यो साता भित्रै आयोजनाको परिक्षणको काम सकेर चैत्र महिनाको अन्तिमसम्ममा कम्पनीले उत्पादन गरेको बिजुली राष्ट्रिय प्रसारण लाइनामा जोडिने बताएका हुन् ।  

कम्पनीले आगामी आर्थिक वर्षदेखि नै आफ्ना लगानीकर्ताहरुलाई प्रतिफल दिने बताएका छन् । अहिले नेपालका हरेक नागरिकले हाईड्राेपावर क्षेत्रमा लगानी गर्नुपर्ने उनको तर्क छ  ।

सरकारले समयमै ट्रान्समिसन लाईन र्निमाण गर्न नसक्दा नेपालका अधिकांश हाईड्रोपावर आयोजनाहरु र्निमाणमा ढिलाई भएको हो यसको प्रत्यक्ष प्रभाव सिंगटी हाईड्रोमा पनि पर्न गएको उनको भनाई छ । कोरोनाका कारण आयोजनाको परिक्षणको काम एक बर्ष पछि सरेको कारण करिब ६० करोड नोक्सानी व्यहोर्न परेको बताउछन् उनी । यो साताको मंगलबार वा बुधबारसम्ममा आयोजनाको परिक्षणको काम हुने उनको भनाई छ । 

यो चैत्र भित्रमा कम्पनीले उत्पादन गरेको विद्युत राष्ट्रिय प्रसारण लाइनामा जोडिइसक्ने उनको भनाई छ । देशमा अहिले विद्युत उत्पादन बढिरहेकोले सरकारले पनि विद्युत खपत बढाउका लागी सरकार लाग्नुपर्ने उनको भनाई छ । अहिले नेपालमा विद्युत बत्ति बाल्नका लागि मात्र प्रयोग भइरहेकोले अब अन्य कामका लागि समेत विद्युतको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ ।

सिंगटी हाईड्रो इनर्जी लिमिटेडको समग्र अवस्था र आगामी रणनितीका सम्बन्धमा कम्पनीका प्रमुख कार्यकारी र्निदेशक गणेश काकीसँग अर्थसंसार डट कमका प्रधान सम्पादक लीलानाथ घिमिरेले गरेको भिडियो कुराकानीः  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको