Like us!
Follow us!
Connect us!
Watch us!

जोन्सन एण्ड जोन्सन खोप आजबाट लगाइँदै, प्रधानमन्त्रीले अनुगमन गर्ने

अर्थ संसार

सोमबार, ०४ साउन २०७८, ०७ : ३५ मा प्रकाशित

जोन्सन एण्ड जोन्सन खोप आजबाट लगाइँदै, प्रधानमन्त्रीले अनुगमन गर्ने

कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत आज सोमबारदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप पहिलो मात्रा लगाइँदै छ । यो खोप एक पटक लगाए मात्रै लगाए पुग्ने छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाका अनुसार आज असार ४ देखि ६ गतेसम्म जोन्सन एण्ड जोन्सनको खोप लगाइने छ । जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका, पहिलो खोप लगाउन बाँकी सबै तथा पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई दिइँदै छ ।

सोमबार बिहान १० बजेदेखि देशका विभिन्न स्थानहरुमा खोप अभियान शुरु हुने छ भने सो अभियानका क्रममा प्रधामन्त्री शेरबहादुर देउवाले उपत्यका भित्रका खोप केन्द्रहरुको स्थलगत निरीक्षण तथा अनुगमन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाले नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, त्रिभुवन विश्वविद्ययालय, शिक्षण अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, महावौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानल लगायतका केन्द्रको स्थलगत निरीक्षण गर्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको