अर्थ संसार, काठमाडौँ –राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि नेपाल आयल निगमले हालसम्म रु नौ अर्ब रकम उठाएको छ ।
चालु आर्थिक वर्षको बजेट वक्तव्यमा निगमले भारतबाट आयात गर्ने पेट्रोलियम पदाथृमा प्रतिलिटर रु पाँच कर लगाएको थियो । सोही करबाट हालसम्म रु नौअ  रकम उठेको अर्थ मनत्रालयले जानकारी दिएको छ । 
अर्थ मनत्रालयकाअनुसार पूर्वाधार कर मार्फत उठेको सो रकम नेपाल सरकारको खातामा जम्मा भएको छ । सो रकम बुढीगण्डकी आयोजना प्रभावितलाई मुआब्जाा वितरणमा खर्च गर्ने सरकारको तयारी छ । सरकारले चालु आवको बाँकी अवधिमा रु १५ अर्ब मुआब्जा वितरण गर्ने भएको छ ।
आगामी आवको बजेटमा समेत पूर्वाधार कर नियमित उठाउने र बुढीगण्डकीलाईआवश्यक पर्ने रकम जुटाउने लक्ष्य राखिएको उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए । उनले पूर्वाधार कर वापत उठ्ने रकम बुढीगण्डकी आयोजनाका लागि खर्च गरिने भएकाले सो प्रकारको कर उठाउने कार्य निरन्तर अगाडि बढ्ने बताए । 
सरकारले बुढीगण्डकी आयोजनामा लगानीका लागि चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय गरिसकेको छ । सो निर्णयअनुसार अर्थ मनत्रालयले आयोजनाको लागि आवश्यक पर्ने रकम, व्याजदरलगायतका विषयमा सहमति जुटाएर आवश्यक प्रक्रिया अगाडि बढाउने छ । 
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस