Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने

अर्थ संसार

सोमबार, ०४ साउन २०७८, १३ : ४६ मा प्रकाशित

सिभिल बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने

सिभिल बैंक लिमिटेडले ३ अर्ब रूपैयाँ बराबरकाे ऋणपत्र निष्कासन गर्ने भएकाे छ । बैंकले  “९% सिभिल बैंक ऋणपत्र २०८८” नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरको ३० लाख कित्ता ऋणपत्र  निष्कासन गर्न लागेकाे हाे ।

बैंककाे याे  ऋणपत्रको प्रत्याभूती गर्नका लागि निष्कासन कम्पनी तथा प्रत्याभूतिकर्ता नागरिक लगानी कोष लगायत ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल र माछापुच्छ्रे कृती क्यापिटलले प्रचलित धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम हिजाे प्रत्याभूती सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

सिभिल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल, ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल, प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र माछापुच्छ्रे कृति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले संयूक्त हस्ताक्षर गरेका हुन् । 

बैंकले निष्कासन गर्न लागेकाे ऋणपत्रहरु सर्वसाधारण र प्राइभेट प्लेसमेन्टबाट निष्कासन अवधिमा माग भए बमोजिम आवेदन प्राप्त हुन नआएमा बाँकी रहेको डिबेन्चर खरिद गर्ने दायित्व चारवटै प्रत्याभूतिकर्ताहरुले लिन मञ्जुर गरेका छन् ।

प्रत्याभूतीकर्ताहरु नागरिक लगानी कोषले २ अर्ब, ग्लोबल आइएमई क्यापिटलले रु ३० करोड, प्रभु क्यापीटलले रु ३५ करोड र माछापुच्छ्रे कृति क्यापिटलले रु ३५ करोड बराबरको ऋणपत्र प्रत्याभुति गरेका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको