Like us!
Follow us!
Connect us!
Watch us!

अकलादेवी मन्दिरको मूर्ति चोरी

अर्थ संसार

मंगलबार, ०५ साउन २०७८, १२ : ३२ मा प्रकाशित

अकलादेवी मन्दिरको मूर्ति चोरी

म्याग्दे गाउँपालिका–६ स्थित अकलादेवी मन्दिरको मूर्ति सोमबार राति चोरी भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले कुकुरसहितको टोलीले आज बिहानदेखि अनुसन्धान थालिसकेको जानकारी दिए । 

उनका अनुसार मन्दिरमा भक्तजनले चढाएका तीन÷चारवटा मूर्ति चोरी भएको छ । मन्दिरको मुख्य मूर्ति भने सुरक्षित रहेको उनले बताए । “मन्दिरमा पनि तोडफोड भएको छ”, उनले भने, “अनुसन्धानबाट सबै कुरा पत्ता लगाउने काम थालेका छौँ ।”पृथ्वीराजमार्गसँगै जोडिएको उक्त मन्दिर हिन्दू धर्मावलम्बीको पवित्र धार्मिकस्थल हो । यहाँ पूजाआजा गर्नका लागि छिमेकी जिल्लाबाट पनि भक्तजन आउने गर्दछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको