Like us!
Follow us!
Connect us!
Watch us!

लामो दूरीका सवारीसाधन चल्ने

पत्रपत्रिका

शुक्रबार, ०८ साउन २०७८, ०७ : ३९ मा प्रकाशित

लामो दूरीका सवारीसाधन चल्ने

गृह मन्त्रालयले जनस्वास्थ्य मापदण्डको पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा सहजीकरण गर्ने जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोग र राष्ट्रिय परीक्षा बोर्डलगायत विभिन्न निकायबाट लिइने परीक्षामा सहभागी परीक्षार्थीहरूको सुविधाका लागि सार्वजनिक यातायात सेवा सञ्चालन गर्न लागिएको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसअघि नै परीक्षार्थीहरूको यातायात सुविधाका लागि मध्यम र लामो दूरीका यातायातका साधनहरू सामाजिक दूरीको पालना गरी सञ्चालनमा सहजीकरण गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो । 

गृह प्रवक्ता जनकराज दाहालले कोभिड–१९ सङ्क्रमण  नियन्त्रण  तथा  व्यवस्थापनसम्बन्धी  आवश्यक  मापदण्डको  पालना गरी सार्वजनिक यातायातका साधन सञ्चालनमा सहजीकरण गर्न सम्बद्ध निकायलाई निर्देशन भएको बताए ।

गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको