Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, लगानीकर्ताहरुको हात खाली

अर्थ संसार

शुक्रबार, ०८ साउन २०७८, १३ : ०५ मा प्रकाशित

एशियन लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, लगानीकर्ताहरुको हात खाली

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको साउन ७ गते बिहिबार बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा साउन ३१ गते हुनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन १७ गते एक दिनका लागि बुकक्लोज गर्दैछ । त्यसैले साउन १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र साधारणसभामा सहभागि हुन सक्नेछन् ।

सभाले संस्थापक सेयरधनीका तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालक गरी ६ जना सञ्चालक चयन गर्नेछ । एकजना स्वतन्त्र विज्ञ सञ्चालक पनि सभाले नै चयन गर्नेछ।

कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

साथै सभाले हाल कायम कम्पनीका संस्थापक र सर्वसाधारणको सेयरधनीहरुको सेयर अनुपात ७०ः३० लाई परिमार्जन गरी कम्पनीमा संस्थापक र सर्वसाधारणको सेयर अनुपात ६०ः४० बनाउन प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । 

कम्पनीले आर्थिक बर्ष २०७५/७६ को मुनाफाबाट लगानीकर्ताहरुका लागि कुनै लाभांश भने प्रस्ताव गरेको छैन । 
 

60fa6ed3ad7ea.jpg 60fa6ed3b73c9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको