Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न एशियन लाईफले डाक्यो साधारणसभा, सेयर संरचना पनि परिवर्तन हुने

अर्थ संसार

विहीबार, २३ भदौ २०७९, ०८ : ४२ मा प्रकाशित

लाभांश पारित गर्न एशियन लाईफले डाक्यो साधारणसभा, सेयर संरचना पनि परिवर्तन हुने

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार १४ औँ वार्षिक साधारण सभा असोज १३ गते, बाराको सिमरास्थित होटेल क्लासिकमा बिहान ११ः३० बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको  १४.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.७६ प्रतिशतले नगद गरी कुल १५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीको हालको पुँजी संरचनामा संस्थापक र सर्वसाधारण सेयरको ६०ः४० अनुपातलाई बीमा समितिको स्वीकृतिपश्चात परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गरी संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने र तदनुरुप प्रबन्धपत्रको दफा ६(२) संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । 

साथै सभाले कम्पनीको चुक्ता पूँजी बृद्धिको बिशेष प्रस्ताव समेत पारित गर्नुका साथै मर्जर सम्बन्धमा आवश्यक निर्णय गर्ने अधिकार सञ्चालक समितीलाई दिने छ ।   

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज ४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असोज २ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको