Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाईफ इन्स्योरेन्सको बोनश सेयरधनीको डिम्याटमा जम्मा, नआए के गर्ने ?

अर्थ संसार

सोमबार, १९ मंसिर २०७९, ०७ : ३६ मा प्रकाशित

एशियन लाईफ इन्स्योरेन्सको बोनश सेयरधनीको डिम्याटमा जम्मा, नआए के गर्ने ?

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएको छ ।

कम्पनीले गत १३ असोजमा सम्पन्न १४ औं वार्षिक साधारण सभाबाट पारित भएको १४.५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको छ ।

कम्पनीले गत ३ असोजसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउन पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । त्यसपछि मात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । 

त्यस्तै, सेयर धितो राखेका शेयरधनीहरुलाई भने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरेपश्चात मात्र बोनस वितरण गरिनेछ । कम्पनीको सेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको