Like us!
Follow us!
Connect us!
Watch us!

CDMA बाट GSM सेवामा रुपान्तरण हुनेहरुका लागि टेलिकमको ६ महिने आकर्षक अफर !

अर्थ संसार

आइतबार, १० साउन २०७८, ०७ : ३१ मा प्रकाशित

CDMA बाट GSM सेवामा रुपान्तरण हुनेहरुका लागि टेलिकमको ६ महिने आकर्षक अफर !

नेपाल टेलिकमले आफ्ना सिडिएमए सेवाका ग्राहकहरुलाई जिएसएम फोरजि सेवामा रुपान्तरण गर्नका लागि आकर्षक योजना ल्याएको छ ।

टेलिकमको यो योजना अनुसार हाल कायम सिडिएमए सेवाका ग्राहकहरुलाई स्काई फोन प्रिपेड कार्यहरु फिर्ता गरी जिएसएम फोरजि सिमकार्ड निशुल्क लान आग्रह गरेको छ । नयाँ सिमकार्ड लिँदा प्रिपेड ग्राहकहरुले अहिले प्रयोग गरीरहेको सिडिएमए नम्बरको पछिल्ला ७ वटा नम्बरहरु भने नयाँ नयाँ पाउने टेलिकमले जनाएको छ । 

यसरी सिडिएमए सिमहरु फिर्तागरी नयाँ जिएसएम फोरजि सिमकार्ड लिने प्रिपेड ग्राहकहरुलाई टेलिकमले ६ महिनासम्म मासिक ३०० मिनेट कल, ३०० वटा एसएमएस र ४ जिबि डाटा निशुल्क रुपमा उपलब्ध गराउने छ । साथै पुरानो सिडिएमएमा भएको ब्यालेन्स र भ्यालिडिटी नयाँ सिममा उपलब्ध हुने छ ।

त्यस्तै पोस्टपेड सेवाका ग्राहकहरुले पनि सिडिएमए पोष्टपेडको सिमकार्ड फिर्ता गर्दा जिएसएम फोरजि पाष्टपेड सिम निशुल्कनै प्राप्त गर्नसक्ने छन् भने पछिल्ला ५ वटा नम्बर सम्म पुरानै नम्बरको पाँउने गरी नयाँ नम्बर पाँउनेछन् ।

यसरी पोष्टपेड सिडिएमए सिमहरु फिर्तागरी नयाँ जिएसएम फोरजि पोष्टपेड सिमकार्ड लिने ग्राहकहरुलाई टेलिकमले पुस मसान्त सम्म मासिक न्यूनतम शूल्क नलगाउने, ६ महिनासम्म टेलिक नेटबर्क भित्र मासिक ४०० मिनेट कल, अन्य नेटवर्कमा ५० मिनेट कल, २०० वटा एसएमएस र ४ जिबि डाटा निशुल्क रुपमा उपलब्ध गराउने छ । साथै पुरानो सिडिएमए सिममा भएको बिल डिपोजिट र एडभान्स समेत नयाँ नम्बरमा उपलब्ध हुने छ ।   

60fcc2ff8ea7a.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको