Like us!
Follow us!
Connect us!
Watch us!
अर्थले भन्यो– ‘सुधारको प्रक्रिया अगाडि यसरी बढ्छ’

यस्ता छन् धितोपत्र बजारका चुनौती

विहीबार, १८ जेठ २०७४, १२ : ४८ मा प्रकाशित

यस्ता छन् धितोपत्र बजारका चुनौती

अर्थ संसार, काठमाडौँ, सरकारले धितोपत्र बजारलाई स्वस्थ,पारदर्शी, भरपर्दो, प्रतिस्पर्धी एवं लगानीकर्ता मैत्री बनाई यस क्षेत्रको स्तरोन्नति गर्नु चुनौतिपूर्ण रहेको पाइएको छ ।

अर्थमन्त्रालयका अनुसार धितोबजारका मुख्य चुनौतिको रुपमा औल्याइएको छ । त्यो कार्य सुधारका लागि तत्काल पहल गरिनुपर्दछ ।धितोपत्र बजारको संस्थागत विकासका लागि प्राथमिक र दोस्रो बजारमा संरचनागत सुधार भएता पनि बजारलाई स्वस्थ, पारदशीर्, भरपर्दो, प्रतिस्पर्धी एवं लगानीकर्ता मैत्री बनाई यस क्षेत्रको स्तरोन्नति गर्ने मुख्य चुनौति रहेको अर्थमन्त्रालयले जनाएको छ ।

धितोपत्र बजारको कारोबार सेवालाई विद्युत्तीय प्रणालीमा आधारित बनाई देशव्यापी बनाउन र धितोपत्रको दोस्रो बजार सेवा गैर आवासीय नेपाली तथा विदेशी संस्थागत लगानीकर्तालाई खुला गर्न सरकारी स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई आधुनिक, प्रतिस्पर्धी एवं व्यवसायीक बनाउने कार्य चुनौतीपूर्ण रेहको अर्थमन्त्रालयको भनाई छ ।

विश्व पुँजी बजारमा अत्याधुनिक प्रणाली प्रचलनमा आईसकेको अवस्थामा अन्तरदेशीय सूचिकरण र कारोबार (क्रस बोर्डर लिस्टिङ्ग एण्ड टेड्रिङ) को व्यवस्था गर्न, धितोपत्र बजारको कारोबार प्रणालीलाई अन्र्तराष्ट्रिय कारोबार प्रणालीको स्तरअनुरुप बनाउन सूचिकृत बनाउन, दलाल व्यवसायीसहित सबै सहभागीको क्षमता अभिवृद्धि गर्ने र बजारको कार्यक्षेत्र विस्तार गर्ने कार्य चुनौतिपुर्ण रहेको आर्थिक सर्वेक्षणमा भनिएको छ ।

साथै काठमाडौं बाहिर पनि विस्तार भएको सेयरको कारोबारलाई व्यवस्थापन एवं लगानीकर्ता कर्जा रकम जोखिमरहित बनाउन पुँजी बजारको साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्ने कार्य चुनौतिपूर्ण छ अर्थमन्त्रालयले भनेको छ ।

पुँजी बजार विकासको लागि धितोपत्र बजारमा सूचीकृत हुने कम्पनीको संख्यामा वृद्धि गर्न दिएका कर उत्प्रेरणाको समेत न्यून प्रभाव मात्र परेकाले थप सुधार गर्नुपर्ने चुनौति छ ।

धितोपत्र बजारमा स्थायित्व ल्याउन महत्वपुर्ण भुमिका खेल्ने संस्थागत लगानीकर्ताको हाल न्यून सहभागिता रहेको सन्र्दभमा नागरिक लगानी कोष, बीमा कम्पनी, कर्मचारी सञ्चय कोष जस्ता संस्थालाई संस्थागत लगानीकर्ताको रुपमा विकास गर्ने कार्य चुनौतिपूर्ण रहेको छ ।

बाली तथा पशु बीमा अझ तीव्र रुपमा विस्तार गरी कृषिमा जनसाधारणको लगानी सुरक्षित गरी कृषि अर्थतन्त्रको विकासमा टेवा पुर्याउनु, लघु बीमाको विकास र जीवन बीमा सेवा विस्तार गरी अधिकतम नेपालीको पहुँचमा पुर्याई बीमाको आधुनिकीकरणमा सहयोग पुर्याउने कानुनी र संस्थागत संरचना तयार गर्नु चुनौतिपुर्ण रहेको अर्थमन्त्रालयले बताएको छ ।

यो पनि पढ्नुहोस्

नेपाली पूँजी बजार " बाँसको हलो हुदैन, पापीको भलो हुदैन " 

धमाधम आईपिओ आउँदै, पैसा जम्मा गरेर राख्नुहोस् 

जलविद्युत् आयोजनाको वाधक वन मन्त्रालय ,वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान प्रमुख समस्या

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको