Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तले ५० करोड रुपैयाँको सहायक आवधिक ऋणपत्र जारी गर्ने

अर्थ संसार

आइतबार, २३ कार्तिक २०८२, १३ : ०७ मा प्रकाशित

स्वावलम्बन लघुवित्तले ५० करोड रुपैयाँको सहायक आवधिक ऋणपत्र जारी गर्ने

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ५० करोड रुपैयाँ बराबरको सहायक आवधिक ऋणपत्र जारी गर्ने प्रक्रिया अघि बढाएको छ । संस्थाको सञ्चालक समितिको कात्तिक २१ गते बसेको ४६६औं बैठकले सुरक्षण नराखिएको ५० करोड रुपैयाँको सहायक आवधिक ऋणपत्र ८ प्रतिशत ब्याजदरका साथ जारी गर्ने प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

बैठकले नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड (सेबोन) दुवै निकायबाट स्वीकृति प्राप्त भएपछि मात्र उक्त ऋणपत्र जारी गर्ने निर्णय गरेको संस्थाले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको