काठमाडौं महानगरपालिकाका मेयर बालेन साह जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्। उनले शुक्रबार काठमाडौं महानगरपालिका वडा नं. ८, जयबागेश्वरीमा भएको ब्रह्मा मन्दिरको उद्घाटन कार्यक्रममा उपस्थिति जनाएका हुन्।
यो मन्दिर छैटौं शताब्दीको पुरानो मन्दिर हो, जुन काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गरेको हो। सन् १९९० सालअघि भग्नावशेषको रूपमा रहेको मन्दिरको पुनर्निर्माणपछि हालै ब्रह्माको मूर्ति पुनः स्थापित गरिएको छ, जुन ४० वर्षसम्म गौशाला प्रहरी वृत्तमा संग्रहित थियो।
उद्घाटन कार्यक्रममा मेयर बालेन साहसँगै उपमेयर सुनिता डंगोल र डा. स्वामी केशवानन्द गिरी लगायतका प्रमुख व्यक्तिहरू पनि उपस्थित थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस