Like us!
Follow us!
Connect us!
Watch us!

वडाध्यक्ष हुन्छु भन्ने सपना नदेखेका मन्त्री छन् - केपी ओली

अर्थ संसार

शुक्रबार, २१ कार्तिक २०८२, १५ : ५४ मा प्रकाशित

वडाध्यक्ष हुन्छु भन्ने सपना नदेखेका मन्त्री छन् - केपी ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीहरूप्रति आलोचना गरेका छन्। उनले शुक्रबार शिक्षा तथा मानव स्रोत विभागको कार्यक्रममा टिप्पणी गर्दै वडाध्यक्ष नै बन्ने सपना नबोकेकाहरू मन्त्री बनेको बताए।

उनले भने ,'वडा अध्यक्ष हुन्छु भन्ने सपना पनि नदेखका मान्छे मन्त्री भएको छ । कमिट्मेन्ट नै नभएको, जनताप्रति उरदायित्व नभएको, जनतालाई कुनै जवाफ दिनुनपर्ने, जनताको बीचबाट नआएको भूइँफुट्टा, बतासे सरकार।'

ओलीले सरकारले देशका लागि काम नगरेको आरोप लगाए । उनले देशमा झनै भ्रष्टाचार मौलाएको दाबी गरे । 'पाँच दिनमा भयो त करप्सन कन्ट्रोल ? दुई महिनामा कतिवटा पाँचदिन गए ?,' उनले प्रधानमन्त्री कार्कीलाई सोधे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको