Like us!
Follow us!
Connect us!
Watch us!

कोभिड -१९ को लक्षण देखिए खोप लगाउने कि नलगाउने ?

अर्थ संसार

आइतबार, १० साउन २०७८, १३ : २१ मा प्रकाशित

कोभिड -१९ को लक्षण देखिए खोप लगाउने कि नलगाउने ?

अहिले देशमा धमाधम कोभिड बिरुद्धको खोप अभियान सञ्चालनमा छ । चिनबाट खरिद गरिएको भेरोसिल खोप र अमेरिकाले अनुदानमा दिएको जोन्सन एण्ड जोन्सन खोप अभियान अहिले चलिरहेको छ । 

अहिले खोप अभियान चलिरहँदा कतिपय मानिसहरुलाई कोभिड-१९ संग मिल्दो जुल्दो लक्षण देखिँदा कोभिड बिरुद्धको खोप लगाउने वा नलगाउने भन्ने अन्योलता र्सिजना भएको देख्न्छि । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ संग मिल्दोजुल्दो लक्षण लेखिएका व्यक्तिलाई कोभिड बिरुद्धको खोप नलगाउन अनुरोध गरेको छ । 

कोभिड संक्रमित भएको वा कोभिडका सक्रिय लक्षणहरु देखा परेको अवस्थामा खोप लगाउँदा प्रभावकारी नहुने हुँदा खोप नलगाउन आग्रह गर्दै स्वास्थ्य मन्त्रालयले संक्रमण मुक्त भएको एक महिनापछि मात्र खोप लगाउन भनेको छ । सरकारले सबैका लागि खोपको व्यबस्था गरिरहेको भन्दै हतार नगर्न अनुरोध गरेको छ ।  

60fd14f651c3c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको