Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा सिमेन्ट अब २५ केजीको हाफ प्याकमा, नेपालमै पहिलो र एकमात्र २५ को सिमेन्ट

अर्थ संसार

सोमबार, ११ साउन २०७८, १६ : ४४ मा प्रकाशित

सगरमाथा सिमेन्ट अब २५ केजीको हाफ प्याकमा, नेपालमै पहिलो र एकमात्र २५ को सिमेन्ट

विगत दश वर्ष देखि गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आईरहेको घोराही सिमेन्ट इन्डष्ट्रीले उपभोक्ताको माग र सहज आपूर्तीलाई मध्यनजर गर्दै सगरमाथा सिमेन्टको ओपिसी सिमेन्टमा २५ केजीको हाफ प्याक बजारमा ल्याएको छ । 

हालसालै कम्पनीले नेपालमै पहिलो पटक सिमेन्ट इन्डष्ट्रीमा अन्तराष्ट्रिय ख्याति प्राप्त संस्था एनएबीएलबाट ल्याब सञ्चालनमा आधिकारिकता समेत प्राप्त गरेको छ । जसका कारण यस उद्योगले उत्पादन गर्ने यस २५ केजीको हाफ प्याकमा समेत अन्तराष्ट्रियस्तरको गुणस्तरता कायम राख्न कम्पनी सफल भएको हो । 

यस २५ केजीका हाफ प्याक बोरा वितरण प्रणालीमा सहज हुने र स–साना सिमेन्टसंग जोडिएका निर्माणका कार्यहरु गर्न सजिलो हुने भएकाले यो हाफ प्याक सगरमाथा ओपिसी र सगरमाथा पिपिसी सिमेन्ट गोल्ड जस्तै बजारमा धेरै लोकप्रिय हुने कुरामा कम्पनी पूर्ण विश्वस्त रहेको छ । 

नेपालको भौगोलिक अवस्थाका कारण विकास र निर्माणमा काममा आवश्यक सामाग्रीहरु सजिलै एक ठाँउबाट अर्काे ठाँउमा लान निकै कठिन छ । विशेषतः हिमाली क्षेत्रमा विकास निमार्णका कार्यहरु गर्दा निमार्ण सामाग्री ओसार पसारमै लागत तथा समयको बढि खर्च हुने भएकोले निमार्ण कार्य बढि खर्चिलो हुने गरेको छ । 

यसै कुरालाई मध्यनजर गर्दै घोराही सिमेन्ट इन्डष्ट्रीले सगरमाथा ब्राण्डका कम तौलका सिमेन्टका बोराहरु जसलाई ओसार पसार गर्न सहज, निमार्णमा समेत अनावश्यक खेर कम र निमार्ण समेत कम खर्चिलो होस् भन्ने हेतुले यो २५ केजीको हाफ प्याक सिमेन्ट बजारमा ल्याएको कम्पनीले जानकारी दिएको छ । 

घोराही सिमेन्ट इन्डष्ट्री नेपालको सिमेन्ट उद्योगमा अग्रणी उत्पादक भएको र यसका उत्पादनहरुका गुणस्तरतामा आफ्नो स्थान अन्य सिमेन्टहरु भन्दा अलगै दजार्मा कायम राख्दै आएको जनाएको छ । 

60fe9b58a8405.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको