Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको "ज्योति विकास बैंक बण्ड २०८७" को बाँडफाँड सम्पन्न

अर्थ संसार

सोमबार, ११ साउन २०७८, ०७ : १० मा प्रकाशित

ज्योति विकास बैंकको "ज्योति विकास बैंक बण्ड २०८७" को बाँडफाँड सम्पन्न

ज्योति विकास बैंक लिमिटेडले असार २० गते आइतबारदेखि असार ३० गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको ऋणपत्रकाे बाँडफाँड साउन ८ गते शुक्रबार सम्पन्न भएकाे छ । छिटाेमा असार २३ गतेसम्म आवेदन दिन पाइने भनिएकोमा छिटो अवधिमा पर्याप्त आवेदन नपरेको हुनाले आवेदन म्याद लम्बाइएको थियो । 

बैंकले बैंकले १० वर्ष अवधिको लागि "ज्योति विकास बैंक बण्ड २०८७" नाममा १ अर्ब ५० करोड रूपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको थियाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि ६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ९ लाख कित्ता गरेको हाे । यसैगरी, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ३० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको हाे । 

त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गरेको हाे । 

९ प्रतिशत ब्याज दिने १० वर्षे यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत जेठ २७ गते निष्कासन अनुमति दिएको थियो। ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ। 

बाँडफाँड सम्बन्धी  विवरण आवेदकहरूले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित WWW.Meroshare.cds.com.np बाट हेर्न सकिने बिक्रि प्रबन्धक एनआइबिएल एस क्यमपिटलले जनाएको छ ।

60fe121383c66.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको