Like us!
Follow us!
Connect us!
Watch us!

३५% लाभांश घाेषणा गरेकाे लक्ष्मी इक्विटी फन्डकाे कस्ताे छ वित्तीय अवस्था ?

अर्थ संसार

सोमबार, ११ साउन २०७८, १२ : ४३ मा प्रकाशित

३५% लाभांश घाेषणा गरेकाे लक्ष्मी इक्विटी फन्डकाे कस्ताे छ वित्तीय अवस्था ?

लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डले २०७८ साल असार मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

असार मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १५ रुपैयाँ ८१ पैसामा सीमित भएको छ । उक्त मूल्य जेठ मसान्तकाे तुलनामा ३२ पैसाले घटेकाे हाे । जेठ मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १६ रुपैयाँ १३ पैसा रहेकाे थियो ।

त्यसैगरी, असार मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी १ अर्ब ४ करोड ४२ लाख ३४ हजार रुपैयाँ पुगेको छ । उक्त लगानी जेठ मसान्तकाे तुलनामा १६ करोड ४ लाख ५४ हजार रुपैयाँले धेरै हाे । जेठ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ८८ करोड ३७ लाख ७९ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, लक्ष्मी इक्वीटी फण्डले विभिन्न प्रकारका ७४ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नेपाल इन्फास्ट्रक्चर बैंक लिमिटेडको सेयरमा लगानी गरेको छ । 

यस अवधिसम्म फण्डकाे बैंक मौज्दात ७८ करोड ४३ लाख ९० हजार रुपैयाँमा झरेकाे छ । जेठ मसान्तसम्मकाे तुलनामा १६ करोड १ लाख १४ हजार रूपैयाँले घटेकाे हाे । जेठ मसान्तसम्ममा फण्डकाे बैंक मौज्दातमा ९४ करोड ४५ लाख ४ हजार रूपैयाँ रहेकाे थियाे ।

फण्डले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाइधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ । फन्डले नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि साउन १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  त्यसैले साउन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

फण्डले प्रकाशन गरेकाे असार मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

60fe5f5588b6e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको