Like us!
Follow us!
Connect us!
Watch us!

जनरल इन्स्याेरेन्सको सीईओमा श्रेष्ठ नियुक्त

अर्थ संसार

बुधबार, १३ साउन २०७८, ११ : ०५ मा प्रकाशित

जनरल इन्स्याेरेन्सको सीईओमा श्रेष्ठ नियुक्त

जनरल इन्स्याेरेन्स  लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राम चन्द्र श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीका सीईओ एसके टमोटको कार्यकाल सकिएपछि सीईओ पद खाली रहेको थियो ।

कम्पनीकाे श्रावण १२ गते बसेकाे सञ्चालक समितिकाे बैठकले कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत पदमा राम चन्द्र श्रेष्ठलाई नियुक्त गरेकाे हाे । श्रेष्ठले आगामी चार वर्षसम्म आफ्नो कार्यभार सम्हाल्ने छन् ।

उनी यसअघि कम्पनीकाे नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।

सुरूमा श्रेष्ठ लम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत थिए । उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने भनेर ल्याइएकाे थियाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6100ec7e780df.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको