Like us!
Follow us!
Connect us!
Watch us!

एन आई सी एसिया डाइनामिक डेप्ट फण्डको न्याभ घट्यो, कति छ सेयरमा लगानी ?

अर्थ संसार

विहीबार, १४ साउन २०७८, १४ : ०२ मा प्रकाशित

एन आई सी एसिया डाइनामिक डेप्ट फण्डको न्याभ घट्यो, कति छ सेयरमा लगानी ?

एनआइसी एसिया बैंक म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एन आई सी एसिया डाइनामिक डेप्ट फण्डले २०७८ साल असार मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ ।

असार मसान्तसम्ममा आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) ११ रुपैयाँ २६ पैसामा सीमित भएको छ । उक्त मूल्य जेठ मसान्तको तुलनामा १३ पैसाले घटेको हो । जेठ मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य ११ रुपैयाँ ३९ पैसा रहेको थियो ।

त्यसैगरी, असार मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेको लगानी ७ करोड ५ लाख १७ हजार रुपैयाँमा सीमित भएको छ । जेठ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ९ करोड ६५ लाख ४ हजार रूपैयाँ लगानी गरेको थियो ।

त्यस्तै, एन आई सी एसिया डाइनामिक डेप्ट फण्डले विभिन्न प्रकारका ३३ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमा लगानी गरेको छ । 

यस अवधिसम्म फण्डको बैंक मौज्दात २५ करोड ८१ लाख ३५ हजार रुपैयाँ पुगेको छ । जेठ मसान्तसम्मको तुलनामा करिब २ करोड रुपैयाँ कम हो । जेठ मसान्तसम्ममा फण्डको बैंक मौज्दातमा २७ करोड ४६ लाख ८६ हजार रूपैयाँ रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको