Like us!
Follow us!
Connect us!
Watch us!

मैलुङ खोलाको आईपीओमा पहिलाे दिनमै पर्याे मागभन्दा धेरै आवेदन

अर्थ संसार

विहीबार, १४ साउन २०७८, १७ : ३९ मा प्रकाशित

मैलुङ खोलाको आईपीओमा पहिलाे दिनमै पर्याे मागभन्दा धेरै आवेदन

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आजबाट निष्कासन गरेकाे साधारण सेयर (आईपिओ) मा पहिलाे दिनमै मागभन्दा धेरै आवेदन परेकाे छ ।

निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्म ५ लाख ७ हजार ६ सय जना लगानीकर्ताले ७१ करोड ४३ लाख ८० हजार रुपैयाँ बराबरको ७१ लाख ४३ हजार ८०० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि खुल्ला गरिएकाे ६ लाख ८४ हजार ७ सय ४६ कित्ता भन्दा १०.४३ गुणा धेरै आवेदन हो ।

कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि नेपाल धितोपत्र बोर्डले असार २३ गते, बुधबार अनुमति प्रदान गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपिओमा साउन १४ गते देखि छिटोमा साउन १८ र ढिलामा साउन २८ गतेसम्ममा आईपिओमा आवेदन दिनु पर्ने छ । कम्पनीको आईपिओमा न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको