Like us!
Follow us!
Connect us!
Watch us!

भर्खरै आईपीओ ल्याएकाे मैलुङ खोलाले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

अर्थ संसार

मंगलबार, १५ भदौ २०७८, ११ : ४३ मा प्रकाशित

भर्खरै आईपीओ ल्याएकाे मैलुङ खोलाले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेकाे छ ।

कम्पनीकाे सञ्चालक समितिकाे बैठकले यस कम्पनीकाे धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि बिओके क्यापिटल मार्केट लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेकाे हाे ।

अब उप्रान्त कम्पनीकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू बिओके क्यापिटल मार्केट लिमिटेड मार्फत हुनेछ ।

कम्पनीले  साउन १४ गते, बिहीबारबाट साउन १९ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको थियाे ।

अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९२५ जनाले आवेदकले २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि आवेदन दिएका थिए ।

गाेलाप्रथाबाट गरिएकाे बाँडफाँड सर्वसाधारणलाई छुट्याएको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता सेयर ६८ हजार ४ सय ७४ जनाले समान १० कित्ताका दरले प्राप्त गरेका थिए । यस्तै, १० कित्ता भन्दा बढीका लागि आवेदन दिने आवेदकहरुमध्येबाट ६ जनाले ११ कित्ता सेयर प्राप्त गरेका थिए । 

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९५ रुपैयाँ ७५ पैसादेखि र अधिकतम २८७ रुपैयाँ २५ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ को  प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ७५ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा २८७ रुपैयाँ २५ पैसा हुन्छ । 

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम २०५९ साउन ७ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा प्राइभेट कम्पनीको रुपमा दर्ता भएर २०७१ भदौ ६ गते पब्लिक कम्पनीको रुपमा दर्ता भई कारोबार सञ्चालन गर्दै आइरहेको कम्पनी हो ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्ममा प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ७२ पैसा र प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८५ पैसा पुग्ने प्रक्षेपण गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको